अनलाईन ठगी गर्ने महत्ताे पक्राउ

रिपोर्ट नेपाल | 2021 Mar 27 | 07:08 am 1709

काठमाडाैं, चैत १४ः सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा पिडितको साथिको फसबुकमा अनधिकृत पहुँच (Hack) पुर्‍याई मेसेन्जरबाट पिडितहरुलाई म्यासेज गरी बिभिन्न बहाना बनाई ,झूक्याई ४७ हजार- मोवाइल बैकिङ्गबाट ट्रान्सफर गरी दिनु भनि ठगी गरेका एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका १ निपनी चोकका २१ वर्षीय विनेश महत्तो रहेका छन् ।

उनलाई महासशाखामा पर्न आएको उजुरीको आधारमा अनुसन्धान एवं खोजतलास कार्य गर्दै जाँदा ईलाका प्रहरी कार्यालय टाँडी चितवनसंग समन्वय गरी महत्तोलाई २०७७ चैत १२ गते पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाैं पठाईएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.