काठमाडाैं, मंसिर १७ः अनलाईन ठगी कार्यमा संलग्न एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा महोत्तरी सम्सी गाउँपालिका वडा नं. ६ घर भई हाल धनुषा जनकपुर मछलीबजार बस्ने १९ बर्षीय शेष फैसल रहेका छन् ।
उनले पीडितको NIC Asia बैंकको खाता नम्बर E187573609524001 बाट मिति २०७८।०७।०७ गते ५० हजार २ सय रकम अनेत्र ट्रान्सफर भएकोले उक्त रकम ट्रान्सफर गरी ठगी गर्ने ब्यक्तिलाई कारवाही गरी पाउँ भन्ने समेत ब्यहोराको जाहेरी दरखास्तको आधारमा प्रारम्भिक अनुसन्धान कार्य गर्दै जाँदा पीडितको NIC Asia बैंकको खाता नम्बर E187573609524001 बाट आफ्नो Wallet ID 9812176361 हुँदै सिटिजन बैंक लि. मा रहेको शेष फैजलको नामको खाता नम्बर 1070100000117045 मा रकम रकमान्तर गरेको देखिएकोले उक्त ठगी कार्यमा संलग्न रहेका शेष फैसललाई मिति २०७८।०८।१६ गते एयरपोर्टबाट पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त नयाँबानेश्वर, काठमाण्डौंमा पठाईएको छ ।