काठमाडौँ, मंसिर २१ । अनलाइन व्यापारको बहानामा ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७ स्थायी ठेगाना भएका २५ वर्षीय रमेश श्रेष्ठलाइ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरको छ।
उनले फेसबुक, टिकटक, इन्स्ट्राग्रामको मार्केट प्लेसमा अनलाइन खाता खोली आईफोन १२ प्रो, आइफोन १३ प्रो जस्ता मोबाइलहरू बिक्रीमा राखेर विभिन्न बहानामा ठगी गरेको उजुरी प्रहरीमा परेपछी त्यही आधारमा थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको सुचना अधिकारी रविन्द्र रेग्मीले जानकारी दिए ।
उनले विभिन्न व्यक्तिबाट ८ लाख ४ हजार ९ सय ८५ रुपैयाँ ठगी गरेको पाइएको भन्दै रेग्मीले अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको जनाएका छन ।