काठमाडौं, मंसिर १३/ नेपाल प्रहरीले अनलाइनबाट सामान खरिद गर्दा सचेत रहन आग्रह गरेको छ।पछिल्लो समय अनलाइनबाट सामानको अग्रिम भुक्तानी माग्ने र पछि सामान हाेइन अकाउन्ट बन्द गर्ने गिराेह सकृय रहेको भन्दै प्रहरीले सचेत रहन आम नेपालीलाई आग्रह गरेको छ।नेपाल प्रहरीका प्रबक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतका अनुसार आकर्षक सामान देखाएर कमसल सामान दिने गरिएको छ।अनलाइनबाट सामान खरिद गर्दा ग्राहकलाई सजिलो भए पनि दिनप्रतिदिन यसको विकृति बढ्दो भएको प्रबक्ता कडायतकाे भनाई रहेको छ।ग्राहकले भुक्तानी दिदा आधिकारिक पेज हाे हाेइन यकिन गरेर मात्रै भुक्तानी दिन पनि प्रहरीले थप आग्रह गरेको छ।ठगिनेकाे संख्या दिनप्रतिदिन बढ्दै गएकाेले कहि कतै आफू ठगिएको महसुस भए प्रमाण सहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा उजुरी दिन सकिने कुरा पनि प्रहरीले जनाएको छ।