अनलाइन जुवा खेलमा संलग्न ७४ जना प्रहरी नियन्त्रणमा

| 2022 Jan 31 | 12:09 pm 1397

काठमाडौं, माघ १७ः कामनपा ६ बौद्धस्थित प्लटिङ नजिक एक रेस्टुरेन्टमा अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई प्रहरीले आइतबार बेलुका नियन्त्रणमा लिएको छ ।

दोलखा घर भई हाल बानेश्वर बस्ने वर्ष ३० को सुभाष घिसिङले सो स्थानमा सञ्चालन गरेको रेष्टुरेन्टमा ठूलो सङ्ख्यामा मानिस भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भनी विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बिङ्गो खेलमा प्रयोग हुने विभिन्न सामग्री र नगद करिब ६ लाख रुपियाँ बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.