काठमाडौं, भदाै १६ः विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले दुई हप्तादेखि निषेधाज्ञा जारी भइरहेकाे छ । मानिसहरुलाई बाहिर आवतजावतमा समेत कडाइ गरिएको छ ।
नेपालमा काेराेना संक्रमण देखा परेसँगै मानिसहरुलाई भौतिक दूरी कायम गर्न आग्रह गरिएको छ । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि मानिसहरु एकले अर्कोको घर जानसमेत डराउनु परेको अवस्था छ । कोरोनाकै कारण नेपालमा मनाइदै आएका महत्वपूर्ण चाड पर्वहरु प्रभावित भएका छन् ।
यहीबीच भाेलीबाट सुरु हुने स्रोह्र श्राद्ध पनि कोरोनाकै कारण प्रभावित हुने भएको छ । तर, याे कार्यलाई हाम्राे संस्कारमा जाेगाई सुरक्षित तबरले पितृहरुलाई स्मरण गर्दै गरिने श्राद्ध अब अनलाइबाट हुने भएको हो ।
उक्त विधि अनलाइन एस्ट्रो नेपालले अनलाइबाटै स्रोह्र श्राद्ध सुरु गर्ने भएको हो । कोरोना संक्रमणबाट आफू पनि बचौं र अरुलाई पनि बचाउ भन्ने नारासहित अनलाइनबाटै श्राद्ध गर्ने व्यवस्था गरिएको हो ।
१० जना पण्डितसँग सहकार्य गरेर भोलिदेखि अनलाइनमार्फत श्राद्ध गर्न सुरु गरिने जनाइएको छ ।