अध्यक्षलाई चप्पल प्रहार गर्ने उपाध्यक्ष मल्ल पक्राउ

| 2023 Jul 17 | 11:49 am 3693

जुम्ला, साउन १ । आफ्नै गाँउपालिकाका अध्यक्ष माथि चप्पल प्रहार गर्ने गुठिचौर गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई जुम्ला प्रहरीले नियन्त्रणमा लिएको छ ।गाउँपालिका अध्यक्ष दानबहादुर बुढालाई उपाध्यक्ष मल्लले कार्यकक्षमै हातपात गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

आर्थिक वर्षको बजेट कार्यपालिकाबाट पारित गराउन छलफल चलिरहेका अवस्थामा उपाध्यक्ष मल्ल एक्कासि आक्रोशमा आई हातपात गरेको उजुरी अध्यक्ष बुढाले प्रहरी समक्ष उजुरी दिए पछि उपाध्यक्ष मल्ललाई प्रहरीले पक्राउ गरेको हो । उपाध्यक्ष मल्लप्रति उजुरी परेपछि उनी आफै प्रहरी सम्पर्कमा पुगेकी थिइन ।

फोटो: मल्लको फेसबुकबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.