काठमाडौं, मंसिर ८ः लामो समयदेखि विभिन्न हाँस्य टेली चलचित्र, टेली चलचित्र, ठूलो पर्दाको चलचित्र लगायत नेपाल प्रहरीको भूमिकामा अभिनय गरी चर्चा बटुलीसकेका कलाकार बिनोद के.सी. म्युजिक भिडियोको निर्देशन तिर होमिएका छन् ।
यसै क्रममा आफ्नै जन्मदिनको अवसर पारी अदृष्य भित्रको लजावती नामक म्युजिक भिडियो SGF युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । आलोक श्रीको संगीत, प्रमोद खरेलको स्वर र आफ्नै लेखन रचनामा तयार पारिएको म्युजिक भिडियो के.सी. आफैले निर्देशन गरेका हुन् ।
नव निर्देशक बिनोद के.सी.ले निर्देशन गरेका उक्त म्युजिक भिडियो करण चौसिरको छायांकन र राजकुमार मगरले सम्पादन गरेका हुन् ।
म्युजिक भिडियोमा इन्द्रणी स्वीट होटल बानेश्वर, गोकर्ण रिसोर्ट, धरहरा, रानी पोखरी जस्ता मनमोहक ठाउँहरुमा छायांकन गरिएको छ । निर्देशक के.सी.ले छायंकन उपलब्ध गराउनुहुने इन्द्रेणी स्वीट होटलका अध्यक्ष शम्भु श्रेष्ठ, गोकर्ण रिसोर्ट लगायत अन्य छायांकन स्थल उपलब्ध गराएर सहयोग पुर्याउनुहुने र संलग्न सबै सम्बन्धित टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।