अदालत र आयोगका गतिविधि नजिकबाट नियालीरहेको छु : देउवा

| 2024 May 08 | 12:40 pm 157

काठमाडौँ २६ फागुन / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगको कदमलाई नजिकबाट नियालिरहेको गण्डकी प्रदेशसभाका कांग्रेस सांसदहरूसँग बताएका छन् ।

प्रदेशसभाका सांसदहरूसँगको भेटवार्तामा देउवाले अदालत र आयोगका गतिविधिलाई नजिकबाट नियालिरहेको बताएका हुन् । गण्डकी प्रदेशसभामा एमालेका खगराज अधिकारीलाई सभामुखले समेत विश्वासको मत दिएर बहुमत पुर्‍याएको घटनाक्रमबारे जानकारी गराउन प्रदेश सांसदको टोलीले बिहान बुढानीलकण्ठ पुगेर देउवालाई भेटेको थियो ।

गण्डकीमा प्रदेश सरकारले विश्वासको मत लिनका लागि अदालतको फैसला अस्वाभाविक देखिएको सांसदहरूले सभापतिसँग कुरा राखेका थिए । त्यसविरुद्ध मंगलबार कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ । न्यायिक लडाइका लागि सर्वोच्चमा गएको र राजनीतिक मोर्चाबाट पनि खबरदारी गर्नुपर्ने अवस्था रहेको आफूहरूले सभापतिलाई सुनाए।

‘कम्युनिस्टको सत्ता कब्जा गर्ने मनोविज्ञानसँग हामी लड्नुपर्नेछ । म लड्ने हो । तपाईंहरु लड्न तयार हुनुस् । सभापति देउवाले कम्युनिस्टहरूले गर्न खोजेको सत्ता कब्जाको शैलीविरुद्ध लड्न तयार रहेको बताएका थिए ।

निर्वाचन आयोगले जसपा नेपाल फुटाउन हतार गरेकोमा पनि देउवा रुष्ट देखिएका छन् । ‘गण्डकी प्रदेशबारे सर्वोच्चको फैसला र जसपा नेपाल विभाजन गर्न निर्वाचन आयोगले गरेको हतार स्वाभाविक छैन देउवाले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.