अदालतले नै गरायो हनुमन्ते खोला व्यक्तिको नाममा

| 2019 May 05 | 07:50 am 2754

काठमाडौं, वैशाख २२: भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि– १६ स्थित रहेको हनुमन्ते खोलासमेत गरी १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको छ ।

भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दायाँ बायाँको १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा ललितपुर, इमाडोलका ज्ञानबहादुर थापाका नाममा छुट दर्ता गरिदिन भूमिसुधार कार्यालय भक्तपुरलाई आदेश दिएका हुन् ।

नापीको नक्सा र मालपोतको स्रेस्तामा कित्ता नम्बर ४ सय २४ को उक्त जग्गा ‘खोलो र सरकारी’ उल्लेख छ । आजको कान्तिपुर दैनिकमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.