अत्याधिक रक्तश्रावका कारण कालिकाेटमा एक सुत्केरी महिलाकाे मृत्यु

| 2021 May 18 | 03:53 pm 4069

कालिकोट, जेठ ४ः मंगरबार अत्याधिक रक्तश्रावका कारण जिल्लाकाे रास्कोट नगरपालिका स्थित एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रास्कोट नगरपालिका–६ निवासि १९ वर्षिय निसा फर्साल रहेकी छन् । उनले बच्चा जन्माईसकेपछि अत्याधिक रक्तश्रावभएपछि मृत्यु भएको हो ।

स्वास्थ्य चौकिका सिनिअर अहेव ध्रुव फडेराका अनुसार निसालाई सुत्केरी व्यथाले च्यापेको लामो समय भईसकेको रहेछ । उनलाई सोमबार बिहान ४ बजे स्वास्थ्य चौकिमा ल्याइएको थियो ।’

आफुहरूले सामान्य उपचार गरेर रास्कोट अस्पतालमा थप उपचारका लागि रेफर गरिएको फेडराले बताए । रास्कोट अस्पतालमा भिडियो एक्सरे गरेपछि आफन्तले स्वास्थ्य स्थिती सामान्य रहेको भन्दै शान्तिघाटमा रहेको घरमा लगिएको फेडराको भनाई छ ।

त्यहि दिन राति उनका श्रीमान मानबहादुर फर्सालले बिरामीलाई स्युना स्वास्थ्य चौकिमा राति १२ बजे पुर्याए । राती एक बजे छोरा जन्माईन ।

बच्चा जन्मिसकेपछि लगातार रगत बगेको र उपचारकै क्रममा बेडमै मृत्यु भएको अस्पतालले जनाएको छ । स्थानीयले भने स्युना स्वास्थ्य चौकिमा एक जना अनमिको भरमा उपचार सम्भव नभएपछि अस्पपतालको लापरबाहीले सुत्केरीको मृत्युभएको आरोप लगाएका छन् ।

तर, स्वास्थ्यकर्मीको कुनै लापरबाही नगरेको स्वास्थ्य चौकि स्युनाका प्रमुख हेमराज न्यौपानेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.