अत्यधिक चिसो बढेपछि अमेरिकाका तीन राज्यमा आपतकाल घोषणा

रिपोर्ट नेपाल | 2019 Jan 31 | 02:39 pm 1863

काठमाडौं, माघ १७ : अमेरिकाको ४ राज्यमा अत्यधिक चिसो बढेको छ। ध्रुवीय क्षेत्रबाट आएको बरफयुक्त वायुका कारण चिसो बढेपछि तीन राज्यले आपतकाल घोषणा गरेका हुन्। मध्यपश्चिम क्षेत्रका इलिनोइ, मिसिगन र विस्कन्सिन राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ।

दक्षिणी राज्य एलाबामा र जोर्जियाका बासिन्दा चिसोबाट बढी प्रभावित भएका छन्। मौसमविद्हरुले त्यहाँ हिमपात हुने भविष्यवाणी गरेका छन्। बीबीसीका अनुसार बुधबार राति त्यहाँको तापक्रम माइनस ३० डिग्री सेल्सियस मापन भएको छ । उत्तरी डाकोटाको तापक्रम माइनस ३७ डिग्री सेल्सियस छ।

अत्यधिक चिसोले ताल-तलैया जमेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, न्यूर्योक र क्यानडाको सीमामा पर्ने नायगरा फल्स बरफमा परिणत भएको छ। चिसोको अत्यासलाग्दो कहरमा अमेरिकी राज्य फसेका बेला लुटपाटका घटना भइरहेको सञ्चारमाध्यमहरुले बताएका छन्। बीबीसीका अनुसार लुटपाटका घटना हुन थालेका छन्।

चिसो बढेसँगै स्कुल,व्यापारि‍क प्रतिष्ठान तथा सरकारी कार्यालय बन्द छन्। मध्य पूर्व राज्यमा हवाई उडान बन्द हुँदा हजारौं यात्रु प्रभावित भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.