अझै चिसै छ काठमाडौं, आज पश्चिम पहाडमा वर्षा र हिमपात हुने

| 2019 Jan 02 | 07:55 am 1656

काठमाडौं, पुस १८ : पुस सुरु भएसँगै घट्दै गएको काठमाडौंको तापक्रम अझै बढ्‍न सकेको छैन। चिसो विस्तारै मत्थर भइरहेको बेला पुन : पश्चिमी वायु सक्रिय भएपछि चिसो बढेको हो। अरब सागरबाट पाकिस्तान, जम्मु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट सोमबार रातिदेखि प्रवेश गरेको वायुका कारण मौसम बदली भई वर्षा र हिमपात पनि हुने देखिन्छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भूभागमा सामान्य बदलि रही बांकी भूभागमा आंशिक बदली रहने सम्भावना छ। देशको पश्चिमी पहाडी भुभागका केहि स्थानहरूमा हल्का वर्षा हुने सम्भावना छ। साथै पश्चिमी उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ, पुर्वी तथा मध्यका उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।

बुधबार बिहान काठमाडौंको तापक्रम १ दशमलव ८ डिग्री छ भने सोमबार राति काठमाडौंको तापक्रम शून्यमा झरको थियो। आज जुम्लाको तापक्रमा माइनस ४ डिग्री छ भने जिरीको तापक्रम माइनस ३ डिग्री छ। जोमसोमको तापक्रमा शून्य दशमलव ५ डिग्री छ भने धरानमा १० डिग्री छ।

दिपायलको तापक्रम २ दशमलव २ डिग्री छ भने दिपायलको ४ दशमलव ६ डिग्री, धनगढीको ४ दशमलव ५, विरेन्द्रनगरको ३ , नेपालगन्जको ५ दशमलव ६, पोखराको ५ दशमलव ३, भैरहवाको ६ दशमलव २, सिमराको ५ दशमलव ४, ओखलढुंगाको ५ दशमलव ५, ताप्लेजुङको २ दशमलव ८, धनकुटाको ५ दशमलव ९, लुम्लेको ४ र जनकपुरको ५ दशमलव ५ डिग्री मापन गरिएको छ।

आज बिहान काठमाडौंमा सुर्योदय ६ बजेर ५५ मिनेटमा भयो भने सुर्यास्त बेलुका ५ बजेर २१ मिनेटमा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.