मुग्लिन,असार १५। बिहीबार देउसो १ बजेदेखि ईच्छाकामना गाउँपालिका(५ स्थित तीन नम्बर पूलमा माथिबाट सुख्खा पहिरो निरन्तर झरेपछि सडक अवरुद्ध हुदा हजारौ यात्रुहरु अलपत्र परेका छन।
दैनिक हजारौँ सवारी साधन गुड्ने अति व्यस्त सडकमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुले सास्ती खेपेका छन्। अहिले यस सडक भएर गन्तव्यमा हिँडेका सवारी साधनको लामो लाइन छ। प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।
मुग्लिन प्रहरीका अनुसार पहिरो हटाउने कार्य जारी भए पनि शुक्रबार बिहान ९ बजे सम्म यातायात सुचारु हुन सकेको छै। ३ नम्बर पुलमा यसअघि पनि सुक्खा पहिरो खस्दा यात्रुहरुले दुख पाउदै आएका छन। हिजो देखि अवरुद्द सडकका कारण गर्मि, प्यास र भोकले यात्रुहरु छटपटाइ रहेका छन। पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरुले महँगो पैसा तिरेर काचो चाउचाउ र पानी खान बाध्य भएका छन। पहिरो हटाउने कार्यलाई निरन्तरता दिएपनि निरन्तर पहिरो खसेका कारण सडक सुचारु गर्न नसकिएको प्रहरीको भनाइ रहेको छ।