अज्ञात समुहद्वारा वडाध्यक्षमाथि कुटपिट

| 2020 Jun 30 | 03:04 pm 2179

दाङ, असार १६ः अज्ञात समुहद्वारा वडाध्यक्षमाथि कार्यालयमै कुटपिट भएको छ । कुटपिट हुनेमा दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगी रहेका छन् ।

उनीमाथि रड र लाठी प्रहार भएको दाङ प्रहरीले जनाएको छ । मंगलबार बिहान साढे ११ बजे कार्यालयमै कुटपिट भएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काका अनुसार वडाध्यक्ष डाँगीको टाउको र हातमा गहिरो चोट लागेको छ।

१० जना जतिको समूहमा आएकाहरु कार्यालयमा प्रवेश गरी आक्रमण गरेको अध्यक्ष डाँगीले बताए। डाँगीको राप्ती प्रदेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.