अज्ञात समुद्वारा अध्यक्ष गुरुङको घरमा बम विस्फोट

रिपोर्ट नेपाल | 2019 Mar 08 | 09:58 pm 2781

काठमाडौं, फागुन २४ : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको बसुन्धारास्थित घरमा आज शुक्रबार राति ७ः४० बजे बम विस्फोट भएको छ ।

प्रहरी प्रमुख एसएसपी वसन्त लामाका अनुसार उक्त विस्फोट अज्ञात समुहले गराएको बताए । गुरुङले चार तलामाथिबाट ठूलो विष्फोटको आवाज सुनेपछि हेर्दा गाडीमा आगो लागेको देखेर प्रहरीलाई खबर गरेको बताए ।

यस क्षेत्रमा सुरक्षा व्यवस्था अहिले कडा पारिएको प्रहरीले जानकारी दिए । यस घटनाको अनुसन्धान सुरु गर्ने पनि बताएको छ । पार्किङ गरेर राखिएको कारमा विस्फोट गराउँदा गुरुङको घरको सटर भाडा लिएर बसेका मणिराम पौडले घाइते भएका प्रहरीले बताएका छन् । पौडेलको टाउकोमा चोट लागेपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

बम विष्फोटबाट गुरूङसहित वरपरका अन्य दुई घरमा क्षति पुगेको र बम विस्फोटपछि ती घरका शिशाहरु फुटेका साथै शक्तिशाली आवाजसहितको विस्फोटले स्थानीयबासी त्रसित भएका जानकारी दिएका छन् ।

पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त भएको र विस्फोटपछि कारमा आगलागी भएपछि दुईवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.