अचानक बन्दुक पड्किँदा एक जना प्रहरी हवल्दारको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 28 | 07:48 am 2099

स्याङ्जा, चैत १५:  जिल्लाको चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दारको अचानक बन्दुक पड्किँदा गोली लागि मृत्यु भएको छ।

मृत्यु हुनेमा प्रहरी हवल्दार ३६ वर्षीय रविन्द्र पौडेल रहेको प्रहरीले जानकारी दिएको हो । शुक्रबार आफ्नै कार्यालयमा रहेको बन्दुकमा गोली भर्ने क्रममा पड्किँदा उनको ज्यान गएको जनाइएको छ ।

हरिनास गाउँपालिकामा(२ मा रहेको इलाका प्रहरी कार्यालयमा अचानक पड्किँदा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

पोखरा महानगरपालिका २६ घर भएका पौडेल घटनाबारे अनुसन्धानका लागि प्रहरी उपरीक्षक विमलराज कडेंलसहितको टोली घटनास्थलतर्फ पुगिसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.