काठमाडौं, बैशाख १८ः शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागद्वारा तारेखमा रिहा भएका छन् ।
गत चैत २५ मा थर्मल गन कालोबजारीको आरोपमा काठमाडौंको नक्सालबाट पक्राउ परेका अग्रवाललाई बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा रिहन गरेकाे थियो ।
तर, अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो । विभागले उनीसँग बयान लिएको र, लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको विभागका एक अधिकारीले जानकारी दिए ।