अग्रता जोगाउन नसक्दा अंग बाड्‍न बाध्य ब्राजिल

रिपोर्ट नेपाल | 2018 Jun 18 | 09:09 am 2979

काठमाडौं, असार ४ : विश्वकप फुटबल अन्तर्गत उपाधि दाबेदार ब्राजिलले स्विटजरल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ । समुहको दोस्रो खेलमा ब्राजिलले फिफा वरियताको माथिल्लो स्थानमा रहेको स्विस टोलीसंग १–१ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफको २० औं मिनेटमा काउटिन्होले गोलमार्फत ब्राजिलले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाड्न बाध्य भएको हो । ५० औं मिनेटमा स्विटजरल्याण्डका स्टेभेन जुबेरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

समुहको पहिलो खेलमा कोष्टारिकालाई पराजित गर्दै सर्बियाले महत्वपुर्ण तीन अंक जोडेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.