अख्तियार विरुद्ध लहानमा मसाल जुलुस

रिपोर्ट नेपाल | 2021 Oct 03 | 10:42 am 2261

  • महेश सिंह

सिरहा, असोज १७ः अख्तियार विरुद्ध लहानमा पनि मसाल जुलुस प्रदर्शन गरेको छ । जनता समाजवादी पार्टी (जसपा)ले लहान नगरनगरपालिकामा जसपाका युवा नेता राम चलितर महतोको नेतृत्वमा नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो। उनीहरुले लहान नगरपालिकाको मुख्य चोक हुँदै बजार परिक्रमा गरेका थिए ।

No description available.

केही दिन अगाडि मुख्यमन्त्री कार्यालयको बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत खरिद भएको साइकल प्रकरणलाई लिएर अख्तियारले छापामारेको थियो ।

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा राजनीतिक षडयन्त्र पूर्वक अख्तियारले छामापारी गरेको जसपाका युवा नेता राम चलितर महतो आरोप छ ।

स्थानीय तहहरुमा हातमा मशाल बोकी अख्तियार प्रमुख मुर्दावाद, अख्तियार प्रमुख राजिनामा दे, जस्ता नारा लगाउँदै मशाल जुलुस प्रदर्शन गरेका छन्।

उक्त कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेका आरोप लगाउँदै जसपाका नेता कार्यकर्ताहरुले आपति समेत जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.