अक्सिजन सिलिन्डर लिएर वाइडबडी जहाज काठमाडौं अवतरण

रिपोर्ट नेपाल | 2021 May 11 | 06:00 pm 2249

काठमाडौं, बैशाख २८ः चीनले अनुदानमा उपलब्ध गराएको चारसय वटा अक्सिजन सिलिन्डर लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौं आइपुगेको छ ।

चीनको राजधानी पेइचिङबाट नेपाल एयरलाइन्सको जहाजले ४ सय सिलिन्डर अक्सिजन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

२० हजार वटा अक्सिजन सिलिन्डर चीनले नेपाललाई अनुदानमा दिने बताएको छ । त्यसैमध्ये पहिलो चरणमा चार सय अक्सिजन सिलिन्डिर दिएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.