दुई स्थानमा बस दुर्घटना : १ जनाको मृत्यु, ७ घाइते

रिपोर्ट नेपाल | 2018 Oct 12 | 11:50 am 1627

काठमाडौं, असोज २६ : सिन्धुलीको सुनकोशी गाउँपालिकाको वडा नम्बर ५ को रिठ्ठेभिर भन्ने ठाँउमा यात्रुवाहक बस दुर्घटना भई सुनकोशी नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बिहान ना ६ ख  ९१२ नम्बरको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

उद्धारका लागि त्यस तर्फ सुरक्षा निकायका टोली प्रस्थान गरिसकेको छ।

त्यसै गरी नुवकोटको फेदीवेसीमा बा २ ख ६३५६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको  स्रोतले जनाएको छ । दुर्घटनामा परी ४४ जना यात्रु घाइते भएका छन् घाइते भएका १३ जनालाइ उपचारका लागि काठमाडौं ल्याइएको जानकारी प्राप्त भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.