अपराजित यात्राको लक्ष्‍मा नेपाल र सिंगापुर

रिपोर्ट नेपाल | 2018 Oct 12 | 10:31 am 1475

काठमाडौं, असोज २६: आईसीसी टी-ट्वान्टी विश्वकप एसिया उपक्षेत्रिय छनोट प्रतियोगितामा आज नेपाल र सिंगापुर अपराजित यात्रा कायमै राख्दै प्रतियोगिता टुंगाउने प्रयासमा रहेका छन् ।

नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार दिउँसाे सवा १२ बजेदेखि शुरुहुने छ । दुवै टिमले छनोट प्रतियोगितामा अहिले शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै शीर्ष दुई स्थानमा रहेका छन् ।

नेपाल र सिंगापुरको समान १० अंक भए पनि रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा सिंगापुर रहेको छ । यस प्रतियोगिताबाट शीर्ष तीन टिमले अर्को चरणमा स्थान बनाउने भएकाले नेपाल र सिंगापुरको विजेता पहिलो स्थानमा रहँदा पराजित हुने टिम दोस्रो स्थानमा रहेर प्रतियोगिता टुंगाउने छ ।

तर तेस्रो स्थानका लागि भने मलेसिया र थाईल्याण्डकाबीचमा प्रतिस्पर्धा रहेको छ । तेस्रो स्थानको थाइल्याण्डले सबै खेल खेल्दै ७ अंक जोडेको छ । तर चौथो स्थानको मलेसियाले आज चीनसँग खेल्न लागेकाले आजको खेलमा चीनलाई पराजित गरेमा मलेसियाले दोस्रो चरणमा स्थान बनाउने छ ।

चीन र मलेसियाको खेल बराबरी भएमा थाइल्याण्डलाई फाइदा पुग्ने छ । मलेसियाको अहिले ५ अंक रहेको छ । यस्तै भुटान र म्यानमार पनि आजै भिड्दै छन् । नेपाल र सिंगापुरकाबीचकाे खेलमा नेपालका बलर सन्दिप लामिछानेमाथि सबैकाे नजर हुने छ । जारी प्रतियाेगितामा सन्दिपले २० विकेट लिइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.