काठमाडौं, असोज २६ : नवलपरासीको दाउन्नेमा भुस बोकेको ट्रक पल्टिएपछि पूर्वपश्चिम आवागमन ठप्प भएको छ।
उक्त ट्रक बिहीबार बिहान पल्टिएपछि राजमार्ग अवरुद्ध भएको हो। पश्चिम जाने र काठमाडौं आउने सवारी साधन बाटोमै रोकिएका छन्।
दशैंका लागि घर जान हिडेका यात्रुहरु बाटोमै रोकिनुपर्दा समस्या भएको छ।
सवारीसाधन बाटोमै रोकिएपछि भोलिका लागि अग्रिम टिकट बुकिङ गरेका यात्रुलार्इ पनि समस्या हुने भएको छ। आज बाटो अवरुद्ध भएपछि आजका गाडिहरु राति अबेर पुग्ने र फर्किन समय लाग्ने तथा काठमाडौं पुग्न पनि समय लाग्ने भएकोले भोलिका यात्रुलार्इ पनि समस्या हुने भएको हो।