गुल्मी , असोज २३ : मालिका गाउँपालिका वडा नं ६ अर्जैमारहेको मिलिजुली कृषि तथा पशु विकास महिला सहकारी संस्थाले दशैंको अवसर पारेर जिउँदो खसी बोका जोखेर बिक्रि गरेका छन् ।
मिलीजुली कृषि तथा पशुविकास महिला सहकारी संस्थाकी अध्यक्ष रिता भण्डारीका अनुसार महिलाहरु बाख्रा विकास परियोजनाले आत्म निर्भर पनि बनेको बताइन ।

व्यक्तित्व विकास भएकाले सबै महिलाहरु संगठित भई अव यस सहकारीलाई पहिले मालिका गाउँपालिकाकै नमुना बनाउने पछि गएर गुल्मी जिल्लाकै अग्रणी सहकारीको रुपमा चिनाउने गरि लागिरहेको उनले दाबी गरिन् । भण्डारीका अनुसार सहकारीले यसरी जिउँदो खसी बोका जोखेरै बेच्दा बिचमा हुने बिचौलीयाहरु पनि नहुने र किसानहरुले वास्तविक मुल्य पाउने भएकाले अर्जैका किसानहरु उत्साहित भएको बताईन् ।
अर्जैमा हेफर ईन्टर नेशनलको आर्थिक सहयोगमा सृजनशिल सामुदायिक विकास केन्द्रद्वारा संचालित विभिन्न समुहहरुलाई एकिकृत गरि सहकारीको रुपमा परिणत गरी बाख्रा विकास परियोजनाका अधिकृत सरद कुमार श्रेष्ठले बताए ।
बाख्रा विकास परियोजनाका फिल्ड संयोजक दिनेश बेल्बासेका अनुसार सहकारीले ६१२ किलो जिउँदो बोका बिक्रीबाट २ लाख १४ हजार ६०३ रुपैया बराबरको कारोवार भएको बताए ।