बालोन डी’ओरको मनोनयन ३० खोलाडी, काे काे परे ? (सूचिसहित)

रिपोर्ट नेपाल | 2018 Oct 09 | 06:10 pm 2064

काठमाडौं, २३ असोज : हरेक वर्ष प्रदान गरिंदै आएको बालोन डी’ओर २०१८ का लागि ३० खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ । फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गर्ने अवार्ड ‘बालोन डी’ओर’को लागि ३० जनाको मनोनयन सार्वजनिक गरेको हो ।

फिफाले प्रदान गर्ने फिफा वर्ष खेलाडी अवार्ड २०१८ सम्पन्न भएको केही समयपछि व्यक्तितर्फको अर्को महत्वपूर्ण अवार्डका लागि साबिक विजेता क्रिष्टियानो रोनाल्डोसँगै लियोनल मेस्सी, नेइमारसँगै फिफा वर्ष खेलाडी अवार्ड विजेता लुका मोड्रिक, ग्यारेथ बेल, केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यान, मोहम्मद सालह, ह्यारी केन, पउल पोग्बा, सर्जियो अग्युरोसहितका खेलाडी मनोनयनमा परेका छन् ।

च्याम्पियन्स लिग विजेता रियल मड्रिडका खेलाडी मनोनयनमा पर्नेमा सबैभन्दा धेरै छन् । रियल मड्रिडका ८ खेलाडी प्रारम्भिक मनोनयनमा छन् । यस्तै प्रियिमर लिगका ११ खेलाडी ३० खेलाडीको सूचीभित्र अटाएका छन् ।

विश्व फुटबलको प्रतिष्ठित अवार्ड सन् १९५६ देखि वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गरिदै आएको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफासँगको सहकार्यमा ६ वर्षसम्म यो अवार्ड फिफा बालोन डी’ओरको रुपमा प्रदान गरिएको थियो । तर सन् २०१६ को सेप्टेम्बरमा फिफाले सहकार्य अन्त्य गरेसँगै फेरि भिन्नै रुपमा अवार्ड दिन थालिएको छ ।

बालोन डी’ओरमा सन् २००८ यता रोनाल्डो र मेसीको दबदबा कायम छ । ५ पटक मेसीले जिते भने ५ पटक रोनाल्डोले जितेका छन् । अवार्ड समारोह डिसेम्बर ३ मा पेरिसमा आयोजना हुनेछ।

मनोनयमा पर्ने खेलाडीहरु

क्रिष्टियानो रोनाल्डो
लियोनल मेस्सी
नेइमार
लुका मोड्रिक
केलियन एमबाप्पे
सर्जियो अग्युरो
लुइस स्वारेज
एडिन्सन काभानी
इडन हजार्ड
एलिसन
ग्यारेथ बेल
ह्यारी केन
करिम बेन्जिमा
मोहम्मद सालह
केविन डी ब्राउन
थिबाउट कोउर्तोइस
रोबर्टो फिरमिनो
डिएगो गोडिन
एन्टोनी ग्रिजम्यान
इस्को
एन’गोलो कान्टे
ह्युग लोरिस
मारियो मान्जुकी
साडिओ माने
मार्सेलो
ज्यान ओब्लाक
पउल पोग्बा
इभान रेकिटिक
सर्जियो रामोस
राफायल वाराने

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.