ट्र्याक्टर दुर्घटना दुईको मृत्युु

रिपोर्ट नेपाल | 2018 Oct 09 | 05:06 pm 2583

घोडाघोडी, २३ असोज : कैलालीको बर्दगोरिया गाउँपालिका – २ बर्दगोरियामा ट्र्याक्टर दुर्घटना हुँदा आज घटनास्थलमै दुई जनाको मृत्युु भएको छ भने एक घाइते भएका छन् ।

ढुङ्गा बोकेर फल्लेबिसौनाबाट मुडातर्फ आइरहेको से १ त ३९६९ नं को ट्र्याक्टर ब्रेकले काम नगरेपछि दुर्घटना हुँदा बर्दगोरिया–१ का ३५ वर्षीय डागु चौधरी र ४० वर्षीय सुरज कठरियाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते सोही स्थानका २० वर्षीय भीम कठरियाको अवस्था सामान्य रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.