कामु प्रन्या भने – कानुन व्यवसायी उत्साहित भएर अध्ययनमा लाग्नुस्

रिपोर्ट नेपाल | 2018 Jun 04 | 07:23 pm 4031

काठमाडौँ २१ जेठ :  संविधान कार्यान्वयनका चरणमा आएका कानुन सफल कार्यान्वयनका लागि कानुन व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने कामु प्रधानन्यायाधीश दीपकराज जोशीले बताएका छन् । अपराध संहिता तथा देवानी संहिताको सम्बन्धि तीन दिने प्रशिक्षण कार्यक्रममा बोल्दै कामु प्रधानन्यायाधीश जोशीले सफल कार्यान्वयनका लागि कानुन व्यवसायीको भूमिका हुने बताएका हुन् ।

उनले भर्खरै व्यवसायमा छिर्दै गरेका कानुन व्यवसायीलाई उत्साहित भएर अध्ययनमा लाग्न सुझाव दिए । उनले भने, ‘कानुन व्यवसायीले अध्ययन गरेर प्रयोगमा ल्याएपछि मात्रै यसको कार्यान्वयन भएको मानिने छ । ’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.