सरकारलाइ मनपरी गर्न छुट छैन,खबरदारी हुन्छः सभापति शाह

रिपोर्ट नेपाल | 2018 Oct 08 | 01:11 pm 2178

बुटवल असोज २२ : प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारले मनपरि गर्न खोजे ठेगान लगाउने बताएका छन् ।

जहाँ पनि सरकारले मनपरि गर्न खोज्छ सेना, शक्ति उसैको हुन्छ तर हामी निगरानी र खबरदारी गर्छौ उनले भने ।
बुटवलमा आज सोमबार रिपोर्टर्स क्लव प्रदेश ५ ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै समितिलार्इ स्वतन्त्रपूर्वक काम गर्न पाउने अधिकार संविधान ऐनमा नै उल्लेख भएको बताउदै त्यहि बाटो अघि बढ्ने दायाबाँया नहुने शाहले बताए ।

पत्रकारहरुसंगको साक्षात्कारमा शाहले भने—नेपालमा अहिले ५ खर्बको बेरुजु छ , हामीले मसिनो गरि अध्ययन गर्दै छौं, सरकार गलत बाटोमा हिडे हामी नियन्त्रण गछौं ।

लेखा समितिकै निर्देशनका कारण एनसेलले ६५ अर्ब लाभकर रकम तिर्नु आग्रह गरेको स्मरण गर्दै उनले २३ अर्ब रुपैंया एनसेलले तिरेको र अरु बांकी रकम पनि तिर्न आग्रह गरे ।

सरकारका गतिविधि निगरानी गरिरहेको भन्दै ठूल आयोजनामा भ्रष्टाचार हुने संभावना रहेको र हल्लाहरु आइरहेका प्रति आफुहरु सचेत रहेको प्रष्ट पारे ।

संसदले बनाएका ऐन कानुन अनुसार सरकार अघि नबढे सरकार आफै फेल भएर जाने उनको भनाइ छ । सरकारले खरिद गरेको वाइडबढि बिमानको मुल्य नै बढि छ ,सार्वजनिक खरिद ऐनको बिरुद्धमा रहेको भन्दै उनले प्रतिबेदनमाथि छलफल गरिरहेको जानकारी दिए ।

लेखा समितिले चिनीको खुद्रा मूल्य ६३ रुपैया कायम राख्न सरकारलाई निर्देशन दिएको भन्दै उनले चिनी उद्योगीले प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटमा खुद्रा मूल्य ६३ रुपैयासम्म पर्ने बताएकाले यहि मूल्यलाई आधार मान्दै समितिले पनि ६३ रुपैयाँ तोक्न निर्देशन दिएको उनको भनाइ छ ।

कार्यक्रम रिपोर्टर्स क्लव प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.