काठमाडौं, असोज २२ : कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार पछि हत्याको घटनामा थप दुई प्रहरी निलम्बनमा परेका छन् । निलम्बन हुनेमा प्रहरी नायब निरीक्षक हरसिंह धामी र महिला प्रहरी चाँदनी साउद रहेका छन् ।
आइतबार राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीको अनुसन्धान फितलो भएको बताएको र सरकारद्वारा गठित छानविन समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा समेत प्रहरीलाई कारबाही गर्नुपर्ने उल्लेख गरे लगत्तै सोमबार यी दुई प्रहरीलाई निलम्बन गरिएको छ ।