काठमाडौँ, असोज २१ : नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्ष पूरा भएकाले निर्वाचन लड्न नपाउने प्रस्ताव प्रस्तुत गरिएको छ । आज बसेको केन्द्रियलय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री एवं पार्टीद्वारा गठित निर्देशन समितिका संयोजक प्रकाशरण महतले यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन् ।
सहमहामन्त्री एवं पार्टीद्वारा गठित निर्देशन समितिका संयोजक महतले गरेका उक्त प्रस्तावमाथि अहिले छलफल भइरहेको छ । र्टीमा भने संस्थापन पक्ष ३२ वर्ष उमेर हद लगाउने पक्षमा उभिएको छ भने संस्थापनइतर पक्ष हटाउने पक्षमा छ ।
विद्यार्थी नेताहरुले ३२ वर्षे उमेर हद हटाउन माग गर्दै आजै बिहान पार्टीका शीर्ष नेताहरुलाई ज्ञापनपत्र समेत बुझाएका थिए । ३२ वर्ष नाघेका विद्यार्थी नेताहरुले उमेर हद नराख्न दबाव दिँदै आएका छन् । त्यसैको विवादले शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकसमेत स्थगित गरिएको थियो ।