चितवनमा १० वर्षीय बालक बेपत्ता

रिपोर्ट नेपाल | 2018 Oct 06 | 03:10 pm 2219

चितवन, असोज २० : भरतपुर महानगरपालिका–२ निवासी १० वर्षीय बालक रोजन भट्टराई बेपत्ता भएका छन्। उनले विद्यालय लगेको झोला र सर्ट शनिबार नारायणी नदी किनारमा फेलापरेको छ।

प्रहरीले बालक नदीमा बेपत्ता भएको आशंका गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शुक्रबार परीक्षा दिन स्थानीय भानु माध्यमिक विद्यालयमा गएका बालक बेपत्ता भएपछि खोजीकार्य थालिएको थियो।

झोला र सर्ट नदी किनारमा फेला परेपछि नदीमा खोजी कार्य शुरु गरेको प्रहरीले जनाएको छ । बालक भानु माविमा कक्षा ४ मा अध्ययनरत थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.