दाङ, असोज २० : दाङको तुल्सीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख १६६२ नम्बरको माइक्रो बस बाँकेको ठूटे जंगलमा दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटना के कारणले भयो भन्ने विस्तृत विवरण आउन बाँकी रहेको छ । उद्धारका लागि सुरक्षा निकाय त्यस तर्फ प्रस्थान गरी सकेको जानकारी प्राप्त भएको छ ।