८ सय लिटर घरेलु मदिरा नष्ट

रिपोर्ट नेपाल | 2018 Oct 05 | 06:49 pm 5068

पर्वत, १९ असोज : जिल्लाका गल्लीगल्ली र होटलमा अवैध रूपमा बिक्री वितरण हुँदै आएको घरेलु मदिरा नष्ट गरिएको छ । सदरमुकाम कुश्मा बजारका विभिन्न क्षेत्रबाट बरामद गरिएको १२०० लिटर घरेलु मदिरा नष्ट गरिएको हो ।

एक हप्ताको समयमा जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रले संयुक्त रूपमा बजार अनुगमन गर्दा अवैध रूपमा राखिएको घरेलु मदिरा बरामद गरिएको थियो ।

कुश्मा नगरपालिकाका वडा नं ४, ५, ६ र ७ बाट अवैध मदिरा बरामद गरी बिहीबार जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र १२ प्लाष्टिकका ड्रमसमेत नियन्त्रणमा लिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.