एक्कासी किन पुगे किलो र ट्याङ्गो वान नागढुङ्गा

रिपोर्ट नेपाल | 2018 Oct 05 | 05:08 pm 2057

काठमाडौं,असोज १९ : नागढुङ्गा देखि नौबिसेसम्म जामले गर्दा पुग्न घण्टौं समय लागेका कारण एक बिरामीको ज्यान गएपछि त्यसलाई सहज बनाउन काठमाडौं, धादिङ र ट्राफिक महाशाखाका प्रमुख निरीक्षणका लागि झ्याप्ले खोलासम्म पुगेका छन् ।

यात्रुहरुको व्यापक गुनासो आएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तुरुन्त ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्त, प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामा र धादिङ प्रहरी प्रमुख एसपी डम्बर विकले सो क्षेत्रको सडकखण्डमा पुगेर निरीक्षण गरेका छन् ।

हिन्दुहरुको महान चाड दशैंमा घर जाने यात्रुले समस्या भोगेर समयमा सवारी जाम अत्याधिक बढेको गुनासो आएपछि व्यवस्थित गर्न आईजीपी खनालले निर्देशन दिएका हुन्।

अवलोकनपछि नागढुङ्गा–खानीखोला खडकखण्डमा दैनिक हुने जामलाई व्यवस्थित गर्न प्रहरी नायब निरीक्षकको कमाण्डमा २३ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।

त्यस क्षेत्रमा सुरक्षा प्रदान गर्न धादिङको धुनिवेशी–९, सिक्रे खोलाको अस्थायी चौकीमा रहने गरी काठमाडौं, धादिङका सिभिल प्रहरी र ट्राफिक प्रहरी गरी २३ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । सवारी साधनलाई व्यवस्थापन गर्न झ्याप्ले खोला नजिकै एउटा पोष्ट पनि स्थापना गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.