फरार रहेका तत्कालिन किष्ट बैंकका सिइओ ज्ञवाली पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 05 | 09:11 am 2518

काठमाडौं, असोज १९ : तत्कालिन किष्ट बैंकका सिइओ कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर अन्तर्गत अदालतले उनलाई साँढे चार करोड रुपैयाँ र ४ बर्ष जेल सजायको फेसला सुनाएको थियो। ज्ञवाली फरार रहेका थिए ।

उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले कन्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको हो। महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले ज्ञवाली पक्राउ परेको बताए ।

उनलाई पाटन उच्च अदालतको फैसलाले साँढे चार करोड जरिवाना र ४ बर्ष कैद सजायको फैसला गरेको थियो ।

तत्कालिन किष्ट बैंकका सिइओ रहेको बेला आर्थिक अपचलन गरेको अभियोगमा राष्ट्रबैंकले बैंकिङ कसुर अन्तर्गत उनी विरुद्ध मुद्दा दायर गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.