प्रहरी दिवसको अवसरमा आयोजित रनिङ भलिबल कप सुरु

रिपोर्ट नेपाल | 2018 Oct 03 | 12:23 pm 3460

काठमाडौं, असोज १७ : ६३ औं प्रहरी दिवस २०७५ को अवसरमा आयोजित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज बुधबारबाट सुरु भएको छ ।

नेपाल प्रहरी खेलकूद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले प्रतिष्ठानमा आयोजित एक समारोहबीच रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्‍घाटन गरेका थिए ।

प्रहरी अतिरिक्त महानिरीक्षक बस्न्यातले खेलको छुट्टै ऐतिहासिक पृष्ठभूमि भएको चर्चा गर्दै प्रतियोगिताले शारीरिक उर्जा प्रदान गर्ने भएकाले खेलबाट संगठनका सदस्यमा समेत शरीरिक क्षमताको विकास हुनुका साथै नेपाल प्रहरीलाई खेलबाट नागरिकसँग समन्वय गर्न थप सहयोग पुग्ने बताएका थिए ।

कार्यक्रममा प्रतियोगिता संचालक समितिका सदस्य प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले खेलकुद प्रतियोगिता सम्बन्धी संक्षिप्त जानकारी दिएका थिए।

आज बुधबार बिहान उद्घाटन भएको भलिबल प्रतियोगिता असोज २१ गते समापन हुने बताइएको छ । प्रतियोगितामा प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज,महानगरीय प्रहरी कार्यालय रानीपोखरी र ७ वटै प्रदेश प्रहरी कार्यालय गरी १० टिमको सहभागिता रहेको छ ।

लिग कम नकआउट चरणको आधारमा खेलाईने प्रतियोगितामा लिग चरणमा १२ खेल, सेमीफाइनलमा २ खेल र फाइनलमा १ खेल गरी जम्मा १५ खेल हुनेछन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.