सामूहिक बलात्‍कार गर्ने ५ जनालाई १० वर्ष जेल

रिपोर्ट नेपाल | 2018 Oct 03 | 10:52 am 1927

गाईघाट, असोज १७: उदयपुरको कटारी नगरपालिका–४ कि १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालत, उदयपुरले दश वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको छ ।

दण्ड सजाय पाउने चारै जना १५–१८ वर्षका किशोर हुन् । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई मंगलबार जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसलासमेत गरेको छ ।

१६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ।

पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको छ । २०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो ।

एक जना भने अझै फरार छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.