बंगबन्धु गोल्डकप : डिफेन्डिङ च्याम्पियन नेपाल पहिलो खेलमै २-० गोलको धक्‍का

रिपोर्ट नेपाल | 2018 Oct 03 | 06:40 am 3631

काठमाडौं, असोज १७: बंगबन्धु गोल्डकपको पहिलो खेलमा गत संस्करणको विजेता नेपालले ताजिकिस्तानसँग २–० गोल अन्तरले पराजय व्यहोरेको छ ।

बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा भएकाे खेलको २७औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका जर्सी नम्बर १० का खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

ताजिकिस्तानका कप्तान जर्सी नम्बर १८ का खेलाडी फाथ्खुल्लो फाथुएल्लोभले पेनाल्टीलाई गोलमा परिणत गर्दै नेपालविरुद्ध एक–शून्यको अग्रता बनाएका थिए ।

दोस्रो हाफको ६८ औँ मिनेटमा ताजिकिस्तानका जर्सी नम्बर ९ का खेलाडी टुरीनोभ कोमरोनले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

नेपालले पटक-पटक अाक्रमणकाे प्रयास गरे पनि गोल भने गर्न सकेन ।

नेपालले अाउँदाे शनिबार प्यालेस्टाइनसँग खेल्नेछ ।

अाजै भएकाे पहिलाे खेलमा अायाेजक राष्ट्र बंगलादेशले लाअाेसलाई एक-शून्यले हराउँदै विजयी सुरुवात गरेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.