इटहरी, असोज १६ : इटहरी-११ सिमरबनाका १५ वर्षीय एक युवाको हत्या भएको छ।
इटहरी-११ सिमरबनाका १५ वर्षिय इन्ताज खानको हत्या गरिएको अवस्थामा सोमबार शव फेला परेको जनाइएको छ।
हत्या गरेको आरोपमा शंकास्पद पाँच जना पक्राउ गरेको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ।