प्रहरीको नाममा ४० लाख लुटेर फरार दुर्इ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 02 | 06:49 am 2063

काठमाडौं, असोज १६: महानगरीय प्रहरी परिसर काठमाडौंले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ।

परिसरको टोलीले सोमबार काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ परेकासहित अरु चार जनाले आइतबार कलङ्कीका ३८ वर्षीय उमेशप्रसाद केशरीको कोठामा प्रहरी हौँ भन्दै खानतलासी गर्ने निहुँले रकम चोरी गरेर फरार भएका थिए । अन्य चार जनाको भने खोजी भइरहेको परिसरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.