धनगढी बन्द फिर्ता, आन्दोलनको स्वरुप परिवर्तन गरिने

| 2018 Oct 01 | 07:44 am 1804

धनगढी, असोज १५: सुदूरपश्चिम प्रदेशको राजधानी ‘गोदावरी’ तोकिएको भन्दै धनगढीमा आह्वान गरिएको आम हडताल फिर्ता गरिएको छ ।

केहीबेर अघि बसेको आन्दोलनकारीको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको हो । नेपालीका महान चाड दशै तिहार नजिकै आईरहेको र विद्यालयको पठन पाठन प्रभावित भएपछि आम हडताल फिर्ता गरिएको हो ।

तर, उनीहरुले आन्दोलन जारी रहेन स्वरुप परिवर्तन गरिने बताएका छन । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी सारिएको विरोधमा धनगढीमा गरिएको आन्दोलन उग्र बन्दै गएको थियो ।

प्रदर्शनकारीहरु जवरजस्ती बजार बन्द गराउने, खुल्ला रहेका पसलमा ढुङगा हान्ने, गाली गर्ने, अटो रिक्साका चापी थुत्ने, हावा फुस्काईदिने लगायतका उच्छृङखल गतिविधिमा गर्दै आएका थिए ।

आईतवार मात्रै उनीहरुले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय सरकारी छानबिन समितिका सदस्य वीरेन्द्र केसी चढेको गाडीमा ढुंगा प्रहार गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.