यस्तो छ दशैंका लागि प्रहरीकाे विशेष सुरक्षा योजना

| 2018 Sep 30 | 06:56 pm 1821

काठमाडौं,  १४ असोज :  महानगरीय प्रहरी परिसर, काठमाडौले पनि दशैं, तिहार जस्ता चाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी चाडपर्व लक्षित विशेष विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराएको हो ।

चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौंको जनजीवन सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।

एसएसपी लामाका अनुसार काठमाडौंमा हाल ३ हजार ५ सय ३५ जना सुरक्षाकर्मी खटाइएको छ । उनले भने, ‘हामीले एरिया विभाजन गरेर विभिन्न क्षेत्रमा विशेष प्रहरी टोली खटाएका छौं । पैदल गस्ती टोलीमा ५० जना जनशक्ति परिचलान गरिएको छ ।’

विशेष सुरक्षा योजना अन्तरगत परिसरले काठमाडौंको विभिन्न १४ स्थानमा सादासहितका प्रहरी टोली परिचालन गरेको छ । त्यसैगरी चाठबाडमा बढी भीड हुने स्थानहरु बस टिकट काउन्टर, बैंक तथा वित्तिय संस्था, ठूल्ठूला सपिङ मलहरुमा विशेष निगरानीका साथ प्रहरीहरु परिचालन गरिएको पनि लामाले बताए ।

पन्तका अनुसार साइकल, मोटरसाइकल र भ्यान गस्ती टोली पनि परिचान गरिएको छ । ‘साइकल गस्तीमा ३६, मोटरसाइकलमा ३० र भ्यान गस्तीमा २४ जना जनशक्ति परिचालन गरिएका छन्’, उनले भने, ‘सूचना संकलनका लागि सादा पोशाकमा ७० जनाको टोली खटाएका छौं ।’

त्यस्तै, सिल एन्ड सर्च, कडन एन्ड सर्च र एम्बिसिङ, निगरानी अपरेशनमा ३०/३० जनाको टोली र हतियारसहितको क्यूआरटीमा ५३ जनाकाे टाेली खटाएकाे समेत बताए । उनका अनुसार उपत्यका भित्रिने र बाहिसिरने नाकाहरु थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजु लगायतमा प्रहरीको तालिम प्राप्त कुकुरसहितको टोलीले चेकजाँच गर्नेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.