सिरहाको बजेट ७६ करोड

रिपोर्ट नेपाल | 2018 Sep 30 | 05:37 pm 1736

लहान, १४ असोज : सिरहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ को लागि रु ७५ करोड ९१ लाख आयव्यय सार्वजनिक गरेको छ ।
नगरसभाबाट लिएको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा नगर उपप्रमुख डा नमिता यादवले चालु आवको लागि सो बजेट पारित गरेको सार्वजनिक गरेका हुन् ।

पूँजिगततर्फ वडा कार्यालयतर्फ रु १५ करोड ९० लाख, नगरपालिकातर्फ रु १२ करोड ८२ लाख, चालूतर्फ वडा कार्यालयतर्फ रु दुई करोड १२ लाख, नगरपालिका तर्फ रु १० करोड ६३ लाख, विषयगततर्फ रु २४ करोड ६६ लाख र सामाजिक सुरक्षा तर्फ रु नौ करोड ७८ लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले चालू आवको तेस्रो महिनामा सार्वजनिक गरेको नीति, कार्यक्रम र बजेटमा राजश्व सङ्कलनबाट रु दुई करोड चार लाख ५४ हजार, गत आवबाट जिम्मेवारी सरेर आएको रु १७ करोड २५ लाख ४४ हजार, नेपाल सरकारबाट सर्शत, चालु, पूँजीगत अनुदान रु २४ करोड ६६ लाख, सङ्घीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु १९ करोड ६७ लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु एक करोड, ज्येष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रमको रु नौ करोड ७८ लाख तथा राजश्व बाँडफाँडबाट रु एक करोड ५० लाख आयको अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.