७ वर्षीया बालिकालार्इ यौन दुर्व्यवहारको आरोपमा बालक पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 30 | 12:19 pm 2269

चितवन, असोज १४: भरतपुर महानगरपालिका-११ को पोखरीचोक बस्ने एक १४ वर्षीय बालकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको छ।

उनले सोही स्थानमा बस्ने एक ७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभु ढकालका अनुसार ‘होम ट्युसन’ (घरमै गएर ट्युसन पढाइदिने) पढाउने क्रममा आफूमाथि यौन दुर्व्यवहार गरिएको बालिकाले बताएकी छिन् । आरोपीका दाजुले ति बालिकालाई ट्युसन पढाउँदै आएका थिए । तर, दाजु नभएकाले भाइ ट्युसन पढाउन गएका थिए । त्यही बेला उनले यौन दुर्व्यवहार गरेको बालिकाको अभिभावकको भनाइ छ ।

बालिकालाई मेडिकल टेस्टको लागि पठाइएको छ । मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान गरिने डिएसपी ढकालले जानकारी दिए ।

आरोपी १८ वर्षभन्दा कम उमेरको भएकाले संरक्षणमा रहनेछन् । तर कारवाही भने कानुनी प्रकृया अनुरुप नै हुने डिएसपी ढकालको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.