भक्तपुर, असोज १४: मध्यपुरथिमि नगरपालिका ७ नगदेश बस्ने साबित्री श्रेष्ठको चिया पसलमा जुवातास खेलिरहेका १४ जनालाई नगद ९४ हजार ७३० रुपैयाँसहित प्रहरीले शनिबार पक्राउ गरेको छ ।
जुवाताससहित प्रहरीले पक्राउ गरेको सबैलाई प्रहरी बृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।