भन्‍सार छलेर ल्‍याएको पाँच लाखको कपडा बरामद

रिपोर्ट नेपाल | 2018 Sep 29 | 06:32 pm 2742

लहान, असोज १३ : प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको रु पाँच लाख बराबरको कपडा बरामद गरेको छ ।

प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार प्रहरी चौकी झाँझपट्टीले रु चार लाख ७५ हजार बराबरको तथा इलाका प्रहरी कार्यालय माडरले रु २५ हजार बराबरको कपडा बरामद गरेको हो । बरामद गरिएको कपडा जिल्ला भन्सार कार्यालय माडरलाई बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.