बाटो ढुकी-ढुकी किशोरीमाथि सामूहिक बलात्कार, आठ पक्राउ

| 2018 Sep 28 | 04:47 pm 2383

कालिकोट, असोज १२ : कालिकोटमा मेला हेरेर फर्किँदै गरेकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। खाँडाचक्र नगरपालिका–९ पाखाँमा १९ वर्षीय किशोरीमाथि धिमुमा धिमाल देवताको पैठ (जात्रा)  हेरेर एक्लै घर फर्किने क्रममा बाटो ढुकेर बसेका १० जनाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ती किशोरीमाथि बलात्कार गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आरोपमा खाँडाचक्र नगरपालिका वडा नं. १० का २० वर्षीय पर्व विक, १८ वर्षीय गोरख विक, १८ वर्षीय सर्जन विक, खाडाचक्र नगरपालिका–९ का २२ वर्षीय जीवन विक, २० वर्षीय नविन विक, १८ वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विकलाई रहेका छन् । पीडितले किटाणी जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी बिनोद शर्माले बताए ।

पीडितले जाहेर दर्ता गरेलत्तै बुधवार राती नै ३ बजे उनीहरुलाई पक्राउ गरिएको उनको भनाई छ। आठ जनाले सामूहिक बलात्कार गर्दा किशोरी बेहोस भएपछि मृत्यु भयो भनेर फरार भएका आरोपीतलाई आफन्तैकै घरमा र गाउँकै वरीपरिबाट पक्राउ गरिएको डिएसपी शर्माले बताए । पक्राउ गरेका आठै जनालाई जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

बहिनीमाथि बलात्कार भएको खबर सुनेर दौडिदै घटनास्थल गएका किशोरीका दाईलाई पनि ती युवाहरुले हातपात गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.