‘टालटुल गरेर सरकार चल्दैन’

| 2018 Sep 28 | 06:39 am 1481

ललितपुर, असोज १२: नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ३६औँ वार्षिकोत्सवका अवसरमा पूर्वकार्यकारी निर्देशक, लामो समयदेखि कार्यरत कर्मचारी र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।

जावलाखेलस्थित प्रतिष्ठानको कार्यालयमा बिहीबार आयोजना भएको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उनीहरुलाई सम्मान गरेका हुन्।

सो अवसरमा मन्त्री पण्डितले टालटुल गरेर दिन बिताउने प्रवृत्तिले विकासमा बाधा पुगेको बताउँदै जिम्मेवार बन्न र कामप्रति लगनशील कर्मचारीलाई प्रशिक्षण दिन प्रतिष्ठानलाई निर्देशन दिए। ‘जसरी टालटुल गरेर विकासमा बाधा पुर्‍याउँछ त्यसैगरी सरकार गलत कामहरु तथा व्यवहार पनि ढाकछोप तथा टालटुल गरेर सरकार चल्दैन’, उनले भने।

उनले फरक प्रसंग, “कर्मचारीले पनि आफूले पाएको ज्ञान व्यवहारमा उतार्ने र समयमा नै त्यसलाई प्रयोग गर्नुपर्छ ।”

मन्त्री पण्डितले अनुशासन खुकुलो र जिम्मेवारी बोध कम हुनु सार्वजनिक प्रशासनको मूल समस्या हो भन्दै आफ्नो पदीय जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न कर्मचारीलाई निर्देशन पनि दिए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, प्रतिष्ठानका पहिलो कार्यकारी निर्देशक गोरक्षबहादुर न्हुछें र पूर्वकार्यकारी निर्देशक गोपालजङ्ग रायमाझीले आगामी दिनमा प्रतिष्ठान थप परिष्कृत हुँदै जाने बताउँदै प्रतिष्ठानले प्राज्ञिक क्षेत्रमा विशेष योगदान दिँदै आएको धारणा व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.