यूरोप भ्रमण सकेर नेता पौडेल स्वदेश फिर्ता

रिपोर्ट नेपाल | 2018 Sep 27 | 11:51 am 1515

काठमाडौं, असोज ११: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले दश लामो यूरोप भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका छन्।

पार्टीको संगठन विस्तार र जनसम्पर्क समितिहरुको अधिवेशनका लागि युरोप यात्रामा निस्किएका पौडेले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेता पौडेलले निर्मला हत्याको विषयमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाइसकेपनि दोषीलार्इ कारबाही नगरिएकोमा आपत्ति जनाए। उनले भने, ‘निर्मला हत्याको दुर्इ महिना बितिसक्दा पनि अझै दोषीलार्इ कारबाही हुन सकेको छैन। यसमा सरकार किन अलमलिएको छ ?’

सरकारले मुलुकमा व्याप्त अपराध र बलात्‍कार घटना कम गर्न विशेष अभियान चलाउनुपर्ने समेत नेता पौडेलले बताए।

नेपाल विद्यार्थि संघको तोकिएकै मितिमा हुनुपर्ने समेत हुने बताए। उनले भने, ‘पार्टीको मेरुदण्ड भनेको विद्यार्थी संगठन हो। त्यसकारण नेविसंघको अधिवेशन तोकिएकै मितिमा सपन्‍न गर्नुपर्छ।’

नयाँ जुझारु र नेतृत्व गर्न सक्ने नेता जन्माउने विद्यार्थी संघको निर्वाचनका लागि पार्टी नेतृत्वले पनि विशेष ध्यान दिनुपर्ने नेता पौडलले बताए।

पौडेलको स्वागतका लागि विमानस्थलमा सयौं कार्यकर्ताहरु पुगेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.